नेकपा एस महोत्तरीका अध्यक्ष र सचिवद्वारा पार्टी परित्याग

राष्ट्रपाटी न्युज

३० कार्तिक २०८०

बर्दिवास । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

 


Published :३० कार्तिक २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media