लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेको औंला तल झारिदिन्छौँ : ओली 

राष्ट्रपाटी न्युज

मंसिर २, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंला ठडाउने काम नगर्न चेतावनी दिएका छन्।

ललितपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शनिबार उनले ठूलो बलिदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेको औंला तल झारिदिने चेतावनी दिए ।

उनले नेकपा एमाले झिल्के नाराबाट चलेको पार्टी नभएको प्रस्ट्याए। ‘अरुको बुई चढेर आएको पार्टी एमाले पनि होइन। झिल्के नाराबाट चलेको पार्टी पनि होइन। दलीय व्यवस्थामा पार्टी खोलिदिउँ न भनेर खोलिएको पार्टी पनि होइन। धर्ती र जनताको रक्षाका लागि बनेको पार्टी हो यो। देशलाई समृद्धितर्फको बाटो देखाउने पार्टी हो यो,’ उनले भने।

केही मान्छेहरूले श्रीलंकाभन्दा बर्ता गर्ने धम्की दिएको भन्दै उनले एमाले हुँदाहुँदै त्यस्तो नसोच्न चेतावनी दिए । उनले भने- बलिदानी दिएर, रगत बगाएर,  ज्यान दिएर, जेलनेल भोगेर, निर्वासित भएर, भूमिगत भएर, बेहाल भएर ल्याइएको व्यवस्था हो यो। सजिलै आएको होइन।


Published :मंसिर २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media