काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताए ।
उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताए । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताइन् । उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको बताइन् ।
०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा गरेका हुन् ।