प्रधानमन्त्री दाहाल नसच्चिए सडकमा ल्याएर पछार्ने महेश बस्नेतको चेतावनी

काठमाडौं  । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा ल्याएर पछार्ने उनले चेतावनी दिए ।

केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने भन्दै उनले आउँदो फागुनमा काठमाडौंमा मानवसागर उतार्ने चेतावनी दिए ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media