टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै ओलीले भने- स्तरीय क्रिकेट मैदानको निर्माण गर्नुपर्छ (फोटो फिचर)

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८०

पोखरा । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीवार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कप  टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरु नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरु निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले कुनै पनि अभावहरुमा क्रिकेट खेलाडीहरुको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने बताए । उनले खेल क्षेत्रमा सरकारले गर्नुपर्ने काम कर्तव्यमा कुनै कमी आउन नदिन पनि सरकारसँग आग्रह गरे ।

उनले खेलाडी र प्रशिक्षकहरुप्रति आफ्नो उच्च प्रशंसा र सम्मान रहेको पनि बताए ।


Published :मंसिर ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media