एनसेल आजियाटा नेपाली बजारबाट बाहिरिने

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८०

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी आजियाटाले नेपाली बजारबाट बाहिरिने घोषणा गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले नेपालको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बाहिरिने निर्णय गरेको हो ।

यससँगै आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

बुर्सा मलेसिया स्टक एक्चेन्जमा आजियाटाले दिएको निवेदनमा कम्पनीको बोर्डले नेपाली बजारबाट बाहिरिने विषयमा स्वीकृति दिएको उल्लेख छ ।

हाल एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि आजियाटाले किनेको थियो ।


Published :१३ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media