पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८०

काठमाडौं । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा  राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ ।

राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् ।

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ ।


Published :१३ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media