काठमाडौं । नेपाली सेनाको रिक्त रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने निश्चित प्रायः भएको छ ।
अर्को एक रथी पद पुसमा अवकाश हुने भएकाले सिग्देल वरिष्ठतम रथीका रुपमा रहने छन् । आगामी वर्षको भदौमा उनी प्रधान सेनापति बढुवा हुनेछन् । बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको बताइएको छ ।