प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत  भइनसकेको बताइएको छ ।

राजीनामा बुझाएको स्वीकार गरे पनि राजीनामा दिनुको कारण भने उनले बताएका छैनन् । राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गर्ने बताएका छन् ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट चुनाव लड्ने आकांक्षा राखे पनि निकट नपाएका गजुरेललाई प्रधानमन्त्री भएपछि ९ दाहालले माघ २०७९ मा आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।


Published :मंसिर २४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media