एनसेल खरिदबिक्रीको निष्पक्ष छानबिन गर्न जसपाको माग

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले एनसेल खरिद बिक्री प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका छन् ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले एनसेल खरिद बिक्री प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने निर्णय गरेको हो।

जसपा नेता राजकिशोर यादवले एनसेल खरिद बिक्री प्रकरणमा राजस्व छलिलगायत काम भएको हुनसक्ने आशंका गरे ।

त्यस्तै संसदमा दर्ता भएको चुरेसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिने पार्टी प्रवक्ता मनिष सुमनले बताए। उनले पुसन २५ र २६ गते राजनीतिक समिति र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको बताए। त्यस्तै प्रदेश कर्मचारी समायोजन र प्रहरी ऐन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरिने प्रवक्ता सुमनको भनाइ छ ।


Published :मंसिर २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media