४५ लाख धरौटीमा रिहा भए पूर्व गृहमन्त्री खाण

राष्ट्रपाटी न्युज

२९ मंसिर २०८०

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए  ।

बिहीबार उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

 


Published :२९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media