फिदिम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको दौरान फिदिम माविको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्नै उनले त्यसका लागि कार्यकर्तालाई जुट्न आग्रह गरे।
स्थिरताबिना देशमा विकास हुन नसक्ने ओलीको भनाइ छ। अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको सरकार आवश्यक भएको भन्दै ओलीले एमाले मात्र देशको मजबुद शक्ति बन्नसक्ने बताए।
सम्बोधनका क्रममा उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु चिवा भञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने बताए ।
नेपाली समाज विविधतायुक्त भएको र यस्तो समाजमा विभिन्न किसिमका मतभेद् हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।
एमालेले बैतडीको झुलाघाटदेखि सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शनिबार फिदिम आइपुगेको हो ।
फिदिममा आयोजित सभामा ओलीको एकल सम्बोधन गरेका थिए सोही क्रममा ओलीले एमाले पाँचथरको पार्टी कार्यालय समेत उद्घाटन् गरेका थिए । मंसिर १४ गतेदेखि सुरू भएको यात्रा भोलि पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ ।