यू-१९ एशिया कपको उपाधि बंगलादेशलाई

काठमाडौं । बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा युएईलाई १९५ रन अन्तरले पराजित गर्दै बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको हो।

बंगलादेशले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले २४.५ ओभरमा अलआउट हुदै केवल ८७ रन मात्र बनाएको थियो। यस अघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो।

यस खेलमा १२९ रनको शतकीय पारी खेलेका बंगलादेशका आशिकुर रहमान शिब्ली खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बनेका छन् ।


Published :पुस १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media