सुपर लिगमा झापासँग धनगढी पराजित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी झापा एफसीसँग पराजित भएको छ।

दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो। झापाको जितमा अन्जन विष्टले ५२औँ र समिराज थोकरले ७७औं मिनेटमा एक एक गोल गरेका थिए। जितसँगै झापाले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ।

यस जितसँगै झापा सात खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। धनगढी १२ अङ्कसहित दोस्रो स्थानमा यथावत छ। शीर्षस्थानमा रहेको पोखराको १४ अङ्क छ।


Published :पुस ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media