क्रिसमसमा तीन दिन बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकामा इकाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।


Published :पुस ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media