टी- २० सिरिजमा बंगलादेशद्वारा न्यूजील्याण्ड ५ विकेटले पराजित

काठमाडौँ  । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १३५ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा लिटन दासले अविजित ४२ रन बनाएका थिए भने सौम्य सरकारले २२ तथा कप्तान नाजमूल होसैन शान्तो र टोवहिद हृदोयले १९-१९ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले जेम्स निशामको ४८ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

यो बंगलादेशको टी-२० क्रिकेटमा न्यूजिल्याण्डकै घरेलु मैदानमा जित हासिल गरेको पहिलो पटक हो ।

यो जितपछि ३ खेलको सिरिजमा बंगलादेश १-० ले अगाडी भएको छ ।  अब सिरिजको दोस्रो खेल शुक्रबार हुने तालिका रहेको छ ।

 


Published :पुस ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media