प्रधानमन्त्री कप महिला टी- २०: सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाडौँ, १६ पुस । कोशी प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार सम्पन्न दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो ।

अब कोशी प्रदेशले बुधबार फाइनलमा एपीएफको सामना गर्नेछ । एपीएफले यसअघि पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई नै पराजित गरेर फाइनलमा पुगेको थियो ।


Published :पुस १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media