पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुदैँ छ ।

पीएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिने छन् ।

हरेक टिमले एक अर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ । यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि संचालन हुदै छ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ ।

त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दै छ ।


Published :पुस २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media