यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।

आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू-१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् ।

विश्वकप अघि नेपालले शनिबार खेलेको वार्म अप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । बर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो ।

नेपालले अब दोस्रो वार्म अप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्दै छ ।

जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।


Published :पुस २९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media