एशियन कपमा दक्षिण कोरियाको विजयी सुरुवात

काठमाडौं । एएफसी एशियन कप अन्तर्गत दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।

समुह ई अन्तर्गतको सोमबार सम्पन्न खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

दक्षिण कोरियाको जितमा ली कांग इनले २ गोल गरेका थिए भने ह्वांग इन बेओमले एक गोल गरेका थिए। त्यसैगरी बहराइनका लागि एक गोल अब्दुल्लाह अल हशाशले गरेका थिए।

यो जितपछि दक्षिण कोरियाले समूह ई मा ३ महत्वपूर्ण अंक हासिल गरेको छ।

अब दक्षिण कोरियाले अर्को खेल आगामी शनिबार जोर्डनविरुद्ध खेल्ने छ भने बहराइनले अर्को खेल शनिबारनै मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ।


Published :माघ १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media