यू-१९ क्रिकेट विश्वकपः नेपालद्वारा पाकिस्तानलाई १९८ रनको लक्ष्य

काठमाडौं । नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।  जारी यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै १९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए ।  त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए ।  त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।

यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए ।  त्यसैगरी खुबैब खलिल, मोहमद जीशान, अलि असफन्डले एक एक विकेट लिएका थिए ।

 


Published :माघ १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media