आइतबारदेखि कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

कञ्चनपुर । आइतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन हुने छ।

प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइएको छ। प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता हु्ने अनुमान गरिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिने छ।


Published :माघ १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media