अन्तत : बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षमा विदुर विक्रम खड्का

बूढानीलकण्ठ। लामो रस्साकस्सी पछि अन्तत नेकपा एमाले काठमाडौका नेता विदुर विक्रम खड्का बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन भएका छन् ।

माघ १५ गते बसेको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

समितिको सदस्य सचिवमा राजेन्द्र खड्कालाई चयन गरेको उक्त बैठकले समितीको सदस्यहरुमा राजु अधिकारी ,ज्ञानकाजी श्रेष्ठ ,गणेश कुँवर,रामजी उपाध्याय,नारायण दुलाल ,मंजु बस्नेत थापा र सुशील महर्जनलाई सदस्यमा चयन गरेको छ ।

लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका खड्काले बूढानिलकण्ठ मन्दिर सहित क्षेत्र विकास समिति अन्तर्गत रहेका सांस्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण ,सम्वर्धन र प्रवर्धनको नेतृत्व गर्नेछन् ।


Published :माघ १५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media