
बूढानीलकण्ठ। नवनियुक्त बूढानीलकण्ठ क्षेत्र विकास समितिको पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ। बूढानीलकण्ठ मन्दिर क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन भएका विदुर विक्रम खड्का, सदस्य सचिव राजेन्द्र खड्का लगायत सदस्यहरु राजु अधिकारी ,ज्ञानकाजी श्रेष्ठ ,गणेश कुँवर,रामजी उपाध्याय,नारायण दुलाल ,मंजु बस्नेत थापा र सुशील महर्जनले पदभार ग्रहण गरेका छन्।
बागमती प्रदेश सभा सदस्य एबम क्षेत्र विकास समितिका पुर्व अध्यक्ष जयराम थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको विशेष कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायत वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु, नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपश्थिति रहेको थियो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एबम क्षेत्र विकास समितिका पुर्व अध्यक्ष जयराम थापा , बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,उपप्रमुख अनिता लामा तथा बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन भएका विदुर विक्रम खड्काले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष खड्काले बूढानीलकण्ठ मन्दिर लगायत अन्य बिभिन्न मन्दिर क्षेत्रको एकीकृत विकास गर्ने योजना सहित अगाडी बढ्ने र यस क्षेत्रलाई बिश्व सम्पदा सुचिमा राख्न पहल गर्ने बताएका थिए।
माघ १५ गते बसेको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।