बूढानिलकण्ठ स्काउट परिषदको निर्वाचन सम्पन्न, संयोजक पछि चुनिने

बूढानीलकण्ठ। बूढानिलकण्ठ स्काउट परिषदको निर्वाचन आज सम्पन्न भएको छ। बूढानीलकण्ठ नगर स्काउट परिषदमा ११ जना निर्वाचित भएका छन् । बूढानीलकण्ठ नगर कार्यपालिका भवनमा भएको निर्वाचनमा ५ महिला ,५ पुरुष र १ जना तालिम दलबाट निर्वाचित भएका हुन् ।

नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट परिषद बूढानीलकण्ठ नगरपालिकामा गंगा लाल महर्जन ,राजाराम भण्डारी,महेश्वर केसी,स्वस्तिक कार्की,राज कुमार खडका,तारादेवी सिवाकोटी,गीता मिश्र ,सुवेक्षा मिश्र ,स्वस्तिका सुनार ,नानु लामा र अब्दुल सलाम मियाँ निर्वाचित भएका छन् ।

बूढानिलकण्ठ स्काउट परिषदको संयोजक भने परिषदको पूर्ण बैठकले पछि चयन हुने बताइएको छ।


Published :माघ २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media