संगीतकार अम्बर तुम्बापो सुब्बाको फिमेल भर्सन ‘लाग्थ्यो तिमी’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रपाटी न्युज

फाल्गुन ३, २०८०

काठमाडौं । संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।

भिडियोमा बानिका प्रधानको अभिनय छ भने उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । योगेश दाहालको छायांकन, निर्देशन र सम्पादन रहेको छ ।

‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो ।

भिडियाे निर्माता किलाइट माेसन पिक्चर र द ड्रिम टिम लिडिङले स्पाेन्सर गरेका हुन् ।


Published :फाल्गुन ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media