बूढानीलकण्ठमा ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुँदै, झमक घिमिरे देखि हरिवंश आचार्यसम्म आउने

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०८०

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकामा संचालन हुने ‘बूढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा यहि फाल्गुन ११ र १२ गते गरी दुई दिने महोत्सव हुन लागेको हो ।

महोत्सवको पहिलो दिन फाल्गुन ११ गते शुक्रबारको दिन बु.न.पा. १३ स्थित चुनिखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन क्रमशः बु.न.पा. ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना हुनेछ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् ।

महोत्सवमा विशेषगरी बुढानीलकण्ठकै स्थानीय साहित्यकार, कविहरुकाे लेख/रचना, नगरपालीका भित्र सञ्चालित विद्यालयबाट प्राप्त भएका विद्यार्थीहरुको कविताहरू, विद्यालयका किशोर किशोरीहरूबिचको अन्तर्क्रिया, यस नगरपालिका र सिमाना जोडिएका पालिकाका प्रमुख बिचको बहस, वडाका जनप्रतिनिधिहरुबिचको नगर विकास लगायतका गतिविधिहरु बारेमा कुराकानी, राष्ट्रिय साहित्य तथा कविहरुको प्रस्तुती, लगायत स्थानीय भाषा, संस्कृति तथा नगरपालिकाको विविध विशेषताका प्रस्तुतिहरु समेटिएका छन् ।

कार्यक्रममा मदन पुरस्कार विजेता, जीवन काँडा कि फूलकी सर्जक,साहित्यकार झमक घिमिरे देखि बरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थिति रहने छ भने “बूढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०” बाट जनकवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिने छ ।

महोत्सवका प्रमुख आकर्षणहरुः
सुप्रसिध्द कलाकार हरिवंश आचार्यद्वारा उद्घाटन मन्तव्यः
बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव उद्घाटनका प्रमुख वक्ताको रुपमा सुप्रसिध्द कलाकार आदरणीय हरिवंश आचार्य आउने छन् ।

सेसन : “चौतारी”
३ नगर प्रमुख विच विशेष कुराकानी सेसन
यस सेसनमा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच विशेष कुराकानी हुनेछ । यसको सभाध्यक्ष सुर्यनाथ उपाध्याय हुनेछन् भने सेसन सञ्चालन बिमल आचार्यले गर्नेछन् ।

 

सेसन – “देश यसरी बन्छ”
३ उद्यमी, व्यवसायीका विच विशेष कुराकानी

यस सेसनमा सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ भने सहजीकरण वरिष्ठ साहित्यकार,व्यवस्थापन विज्ञ स्नेह सायमिले गर्नुहुनेछ । यसको अध्यक्षता वडा नं. २ वडाध्यक्ष राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।

सेसन – ‘चुनिख्य:’ (चुनिखेल)
सुनौं, हेरौं, बुझौं हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा
यस सेसनमा हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा सुन्न, हेर्न र बुझ्न पाईनेछ ।
सेसनको वक्ताको रुपमा मल्ल के सुन्दर, जगत प्रसाद उपाध्याय र अमृत योञ्जन हुने छन् भने यसको सहजीकरण नेपालभाषाका चर्चित साहित्यकार एवम् अभियन्ता सुरेश किरणले गर्नेछन। सेसनको अध्यक्षता वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले गर्नेछन् ।

 

सेसन – नाङ्साल
कलाकारीता क्षेत्रको सम्भाव्यताका विषयमा बहस
सेसनको वक्ताको रुपमा प्रसिद्ध कलाकारहरु बुद्धि तामाङ्ग, लक्ष्मी बर्देवा र बिजय बराल छन् भने यसको सहजीकरण थिएटर आर्टिष्ट केदार श्रेष्ठले गर्ने छन् । सेसनको अध्यक्षता हरिवंश किराँतले गर्नेछन् ।
सेसन – ‘म्ह फुला?’ (सञ्चै हुनुहुन्छ?)

नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा वहस
सेसनको वक्ताको रुपमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई छन् भने यसको सहजीकरण जनस्वास्थ्य विज्ञ डा.सुशिल बरालले गर्नेछन्। सेसनको अध्यक्षता डा. गणेश गुरुङ्गले गर्नेछन् ।

सेसन – ‘कठघरामा’
३ जना राष्ट्रिय साहित्यकारहरुबिचको सेसन
सेसनको वक्ताको रुपमा साहित्यकार प्रगति राई, सुबिन भट्टराई र विवेक ओझा छन् भने यसको सहजीकरण राजकुमार बानियाँले गर्नेछन् । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम के.सीले गर्नेछन् ।

सेसन – ‘सपनाको शहर’
स-साना व्यवसाय, घरेलु तथा लघु उद्यम एवम् स्वरोजगारको क्षेत्रमा अवसर, चुनौति र सम्भावनाका विषयमा संवाद
सेसनको वक्ताको रुपमा उद्यमीहरु सीता नेपाली, सानु श्रेष्ठ र सरला लुईटेल हुनेछन भने यसको सहजीकरण सीता लामाले गर्ने छिन । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले गर्नेछन् ।

सेसनः ‘फल्चा व चिानाखँ’
राष्ट्रिय कवि तथा साहित्यकारहरुको साहित्य प्रस्तुति
यस सेसनमा राष्ट्रिय कवि तथा साहित्यकारहरुले आफ्नो रचनाहरु प्रस्तुत गर्नेछन । यसको सहजीकरण दीप दर्पणले गर्नेछन् । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष आकाश धितालले गर्नेछन ।

सेसनः ‘आहा बुढानीलकण्ठ’
बुढानीलकण्ठ नगरपालिकाका तीन वडाका अध्यक्षहरुसँगको सेसन
यस सेसनमा वक्ताका रुपमा यस नगरपालिकाका तीनवटा वडाध्यक्षहरु रवि खड्का, सुमित्रा त्रिपाठी पाण्डे र टिका नारायण श्रेष्ठ रहेका छन् । यसको सहजीकरण पत्रकार सन्तोष लुईटेलले गर्नेछन । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का पूर्व वडाअध्यक्ष विजय तामाङले गर्नेछन ।

सेसनः ‘भुईजःसी’
साहित्यकारहरुको प्रस्तुति
यस सेसनमा साहित्यकार तथा कविहरुले आफ्नो साहित्य प्रस्तुत गर्नेछन । यसको सहजीकरण रजनी मिलाले गर्नेछिन् । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सुमन तामाङले गर्नेछन ।

सेसनः ‘सेवारो’
विभिन्न दलका राजनितिज्ञहरुबिच संवाद
यस सेसनमा राजनितिज्ञ डा. राजन भट्टराई र माननीय प्रदिप पौडेलबिच संवाद हुनेछ। यसको सहजीकरण यस नगरपालिकाका पूर्व नगर प्रमुख उद्धव खरेलले गर्नेछन । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का पूर्व वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले गर्नेछन ।

सेसनः ‘म्हेन्दो’
नगरपालिकाभित्रका विद्यार्थीहरुको कविता वाचन
यस सेसनमा यस नगरपालिकाका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले आफ्नो कला, साहित्य तथा कविताको प्रस्तुति गर्नेछन्। यसको सहजीकरण यस नगरपालिकाको एक विद्यार्थी आयुश्री घिमिरेले गर्ने छिन । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कृष्ण शाह ठकुरीले गर्नेछन ।

सेसनः ‘टिनएज टक’
स्थानीय किशोर/ किशोरीहरु बिचको महत्वपूर्ण अन्तर्क्रिया
यस सेसनमा नगरपालिकाभित्रका किशोर कोशोरीहरुबिच अन्तर्क्रिया हुनेछ। यसको सहजीकरण साहित्यकार बिना थिङले गर्नेछिन् । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराईले गर्नेछन् ।

सेसन- ‘महफिल’
गजल
यस सेसनमा गजलकारहरुको प्रस्तुति हुनेछ। यसको सहजीकरण प्रकाश समिरले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जनले गर्नेछन ।

सेसन – बस्तीको माया/ बस्तीको स्वाद

स्थानीय साहित्यकार तथा कविहरुको प्रस्तुती
सेसनमा स्थनीय साहित्यकार तथा कविहरूको प्रस्तुती हुनेछ। यसको सहजीकरण प्रा.डा. लेख निरौलाले गर्नेछन । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले गर्नेछन् ।


Published :१० फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media