अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०८०

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्

उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्।


Published :फाल्गुन ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media