
बुढानीलकण्ठ।बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को प्रशासनिक कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिबार बिहान एक पुजा समारोह आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र नगर प्रवक्ता एवं वडा नं. १० वडाध्यक्ष नवराज भट्टराईले संयुक्त रुपमा भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
आकाशेधारा, ह्याण्डबल ग्राउण्ड नजिकै कपन साहित्यिक समाजको भवनमा अस्थायी रुपमा रहेको वडा नं १० कार्यालयमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकाले नगरपालिकाको लागतमा साढे ३ तल्ले वडा कार्यालय भवन निर्माण प्रकृया सुरु गरिएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।
शिद्देश्वर मंदिरको पश्चिम तर्फ फ्रेण्डसिप क्लब स्थीत करिव १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवनमा पौराणिक सम्पदा जगेर्णा गर्ने र मौलिकता झल्किने खाल्का अन्डरग्राउण्ड पार्किङ सहित सुविधा सम्पन्न अपाङ्ग र ज्येष्ठ नागरीक मैत्री संरचनाहरुको डिजाईन भएको उनले बताएका छन् । भवन १८ महिना भित्रै निर्माण सम्पन्न गरी २०८२ बैशाख १ गते कार्यालय उद्घाटन गर्ने तयारीमा रहेको उनको भनाई छ ।
यस भवन निर्माणका लागी २०८० असोज २६ गते कालिका निर्माण सेवा कम्पनी, सिनामंगल सँग लागत ३ करोड ५९ लाख १८ हजार ७ सय ३७ रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनिले १८ महिना भित्र कार्य सम्पन्न गर्ने प्रतिवद्दता नगरपालिकालाई दिएको छ ।
आज भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, वडा नं १० अध्यक्ष नवराज भट्टराई लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, समाजसेवि र स्थानीयको उपस्थिति रहेको थियो ।