‘हेरेर मुहार तिम्रो’ मा उषा उप्रेती र रमेश जटालको रोमान्स (भिडियोसहित)

राष्ट्रपाटी न्युज

फाल्गुन २०, २०८०

काठमाडौं । उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो ।

प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ । चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । जिबी आग्रीले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिन रावलले सम्पादन गरेका हुन् ।

‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ पुरुषोत्तम सुवेदीले गरेका हुन् ।


Published :फाल्गुन २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media