लोकदोहोरी गायक पन्तको जापानी र नेपाली भाषा मिश्रित गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक

राष्ट्रपाटी न्युज

फाल्गुन ३०, २०८०

काठमाडौं । लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ । लामो समयदेखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । जसमा कलाकार रचना पन्त र केशव भट्टराईले सुन्दर अभिनय गरेका छन् । म्युजिक भिडियो गायकको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ताकेया भनेको जापनिज केटीको नाम भएको भन्दै गायक पन्तले लामो समयपछि फेरि संगीतको दुनियाँमा फर्कन पाएकोमा खुशी ब्यक्त गरे । यसअघि उनको  ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बोलको गित सार्वजनिक भइसकेको छ ।


Published :फाल्गुन ३०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media