जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो

राष्ट्रपाटी न्युज

चैत्र १, २०८०

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा एक जना बच्चासहित सात जनाको मृत्यु भएको छ । एक बच्चासहित तीन पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

को १ ज २५९३ नम्बरको जीप उदयपुर बेलका ७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको मृत्यु भएको र अन्य घाइतेहरुलाई थप उपचारका लागि धरान पठाइएको छ । जीपमा १४ जना सवार रहेको सुचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा उद्धारको काम भई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भने हुन नसकेको बताए । दुर्घटनामा परेको जीपमा भोजपुरका यात्रुहरु बढी रहेका थिए । सडकबाट करिव तीन सय मिटर तल जीप खसेको प्रहरीले जनाएको छ ।


Published :चैत्र १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media