एमाले बुढानिलकण्ठको उपसचिवमा राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिने

राष्ट्रपाटी न्युज

चैत्र २, २०८०

बुढानिलकण्ठ। नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनमा राजेन्द्र श्रेष्ठले उपसचिव पदमा उम्मेदवारी दिने भएका छन्। श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का निर्वाचित वडाध्यक्ष  हुन्। यस अघि यसै वडामा पाँच बर्ष उनले निर्वाचित वडा सदस्यको रुपमा काम गरेका छन् ।

उनि वडा नम्बर २ मा नेकपा एमालेका पुर्व अध्यक्ष पनि हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछी इमान्दारपुर्वक अध्यक्षको जिम्बेवारी तत्कालिन उपाध्यक्ष शुशिल लामिछानेलाई छोडेर आफूले उच्च राजनीतिक संस्कार देखाएको दावी उनि गर्छन।

आफूलाइ नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटिका हालका अध्यक्ष प्रदिप डंगोलको समर्थन रहेको उनको दावी छ । डंगोल पुन अध्यक्षका सशक्त प्रत्याशी हुन्।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसन यहि चैत्र १६ र १७ गते हुदैछ। चैत्र १६ गते बूढानिलकण्ठ कपन ह्याण्डबल मैदानमा खुला सत्र हुँदै छ भने १७ गते बन्द सत्र हुँदैछ।


Published :चैत्र २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media