बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, घाइते २४ (अपडेट)

राष्ट्रपाटी न्युज

चैत्र ५, २०८०

बागलुङ । सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

घाइते हुनेको संख्या २४ रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले जानकारी दिए ।

मृत्यु हुनेको सनाखत नभएको उनको भनाइ छ । सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको विकले बताए । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

त्यसमध्ये चार जनालाई पोखरा रेफर गर्न थालिएको उनको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।


Published :चैत्र ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media