मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले मंगलबार राति करिब १ बजे पत्नीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले छोरालाई पनि आक्रामण गर्न खोजेका थिए । तर भागेर बाँच्न सफल भएको बताइएको छ ।

प्रहरीका अनुसार ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए ।

मंगलबार राति करिब २ बजे घटनाको जानकारी आए लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो भने बमबहादुर घाइते अवस्थामा थिए । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

बमबहादुरले पनि त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । उनीहरुबीच पहिले पनि झगडा भइरहने रहेगरेको स्थानीयले बताएका छन् ।

 


Published :७ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media