हुम्लाको अदानचुलीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँच घाइते

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८०

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। मृतक र घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ।


Published :चैत्र १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media