ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र ११, २०८०

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिवार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो। ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।


Published :चैत्र ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media