सुनकोसी नदीमा ३ बालबालिका बेपत्ता

राष्ट्रपाटी न्युज

चैत्र ११, २०८०

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले  जानकारी दिए ।

होली पश्चात् साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोसी नदीमा उनीहरू डुबेर  बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले कोसी नदीबाट उद्धार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाकारी दिएका छन् ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको छ। आइतबार अपराह्न ३ बजे बालबालिकाहरू धाप्लाङघाटको सुनकोशी नदीमा पौडी खेल्न गएका थिए ।


Published :चैत्र ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media