महाजात्राको पहिलो साताको कमाइ ६ करोड २४ लाख

राष्ट्रपाटी न्युज

चैत्र १६, २०८०

काठमाडौं । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।

नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।

सो फिल्ममा हरिबंश आचार्य, विपिन कार्की, बर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन ।

सो फिल्म बानियाँसहित म्याक्स दीपेश खत्रीसहितको षट्कोण आर्ट्सले निर्माण गरेको हो ।


Published :चैत्र १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media