रामायणको छायांकन सुरु

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८०

मुम्बई । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ ।

कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ।

लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन्। नितिशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो । जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ । रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।


Published :चैत्र २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media