‘पुष्पा २: द रुल’ को टिजर रिलिज

राष्ट्रपाटी न्युज

चैत्र २६, २०८०

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो ।फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २: द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ ।


Published :चैत्र २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media