चलचित्र ‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।

मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

एसिडपीडितको बारेमा बनाइदै गरेको यस फिल्ममा यस अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए ।


Published :बैशाख १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media