कलाकार सिपी लोहनीको निधन

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८१

काठमाडौं  । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन् ।


Published :बैशाख १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media