गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८१

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान सकेर तामाङको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याएको छ।

उता, गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमल गाउँपालिका–५, पाडाजुंगी घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको उनले बताए।

गम्भीर अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए।


Published :जेष्ठ ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media