रुद्रमतिचोक देखि निलोपुलसम्मको बाटो पिच नभएको भन्दै स्थानीय आन्दोलित

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित रुद्रमतिचोक देखि निलोपुल क्षेत्रको बाटो समयमा नै कालो पत्रे नभएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। महिनौं देखि धुलो र प्रदुशणको शिकार बन्नुपरेको भन्दै त्यस क्षेत्रका स्थानीय एबम व्यापारीहरुले आज बाटो अबरुद्व गर्दै मोटर साइकल तेर्साएर आन्दोलन गरेका हुन् । यस अघि पनि पटक पटक स्थानीय सरकारको उपश्थितिमा तत्काल पिच गर्ने सहमति गरिएपनि ठेकेदार कम्पनि तथा स्थानीय सरकारले बेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ।

यसै बीच आज पनि ठेकेदार कम्पनीले वडाध्यक्ष नबराज भट्टराईको उपस्थितिमा यहि जेठ २० गते सम्म कालोपत्रे गर्ने प्रतिबद्वता जनाएको आन्दोलनकारी व्यापारी अर्पण शिवाकोटीले जानकारी दिएका छन्।


Published :९ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media