कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रपाटी न्युज

जेष्ठ ११, २०८१

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथी लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।


Published :जेष्ठ ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media