सहमति नजुटेपछि एमाले काठमाडौंको अधिवेशनमा चुनाव हुने

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८१

काठमाडौं। नेकपा एमाले काठमाडौंको सातौं अधिवेशन चलिरहेको छ । आज बन्द्र सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुको उम्मेदवारी दर्ता भएको छ । जस अनुसार अध्यक्षमा दीपक निरौला र निर्मल देउला उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली , नवराज भट्ट र बिदुर बिक्रम खड्का सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सींह बस्नेत , तारा भण्डारी रहेका छन् ।

महिला उप सचिवमा बिन्दु महर्जन निर्विरोध चयन भैसकेकी छन् भने बिभिन्न भूगोल र क्ल्स्टरबाट जिल्ला सदस्यहरु निर्बिरोध चयन भएका छन्। बूढानिलकण्ठ लगायत अन्य बिभिन्न पालिका र क्ल्स्टरहरुमा सहमति जुट्न नसकेपछि निर्वाचनको स्थिति बनेको छ।

आज दिनभरी सर्बसम्मतीको प्रयास भएको थियो भने भोली १२ बजे देखी ३ बजे सम्म हुने इलोक्ट्रोनिक पद्वतिबाट निर्वाचन हुने जनाइएको छ।

यसैबीच महिला उपसचिव बाहेक अन्य पदाधिकारीहरुमा सहमति नजुटेपछि भोलि निर्वाचन हुने सम्भावना बढेर गएको छ।

अध्यक्षका प्रत्यासी रहेका दीपक निरौला र निर्मल देउला दुबैले आ आफ्नो दावी नछोडेपछि चुनाबको स्थिति बनेको हो। दुवैले आफ्नो प्यानल सहित निर्वाचनमा जाने स्थिति बनेर गएको एकजना प्रतिनिधिले जानकारी दिएका छन्।

राष्ट्रपाटिसग कुरा गर्दै अध्यक्षका प्रत्याशी निर्मल देउलाले सहमतिको सम्भावना टुङ्गिएको भन्दै अब खुला प्रतिष्पर्धामा जाने बताएका छन्।


Published :जेष्ठ २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media