नेसनल प्याब्सन बुढानिलकण्ठले प्रथम स्पेलिङ बी गर्ने

राष्ट्रपाटी न्युज

जेष्ठ ३०, २०८१

काठमाडौं। नेसनल प्याब्सन बुढानिलकण्ठले भब्य रुपमा प्रथम स्पेलिङ बी आयोजना गर्ने भएको छ । कान्तिपुर टेलिभिजनको पुर्व समाचारवाचक एवम चर्चित मिडियाकर्मी विश्व लिम्बुले सन्चालन गर्ने उक्त प्रतियोगितामा २५ विद्यालयहरुका कक्षा १ देखी ५ सम्म अध्ययनरत विध्यार्थीहरुले सहभागीता जनाउने कार्यक्रमका संयोजक विजय न्यौपानेले जानकारी दिएका छन् ।

पछील्लो समय प्रायजसो सबै बालबालिकाहरुलाई मोबाईलको लत लागिसकेको र बालबालिकाहरुमा विभिन्न खाले समस्याहरु देखा परेको हुँदा बालबालिकाहरुलाई यस्ता कार्यक्रमहरुले उनीहरुको पढाईमा सहयोग पुर्‍याउनुका साथै स्मरण शक्ती समेत बढाउने नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष तेञ्जिङ्ग भुटियाको भनाइ छ ।

कार्यक्रम यहि असार १० गते बेदब्यास स्कुलमा सम्पन्न हुनेछ ।


Published :जेष्ठ ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media