सेयर बजारमा सामान्य अंकको वृद्धि

राष्ट्रपाटी न्युज

असार ११, २०८१

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा अडिएको छ ।

नेप्से अघिल्लो कारोबार दिन सोमबार  ३.२१ अंकले बढेको थियो। पहिलो कारोबार दिन आइतबार भने ५.३७ अंकले घटेको थियो। यसदिन ३१९ स्क्रिप्सको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड  ७७ लाख ९६ हजार  ८३३ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकम सोमबारको तुलनामा कम हो। सोमबार ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।


Published :असार ११, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media