प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

राष्ट्रपाटी न्युज

असार १८, २०८१

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।


Published :असार १८, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media